दफा ५
सदस्यको पदावधि
(१) काउन्सिलका मनोनीत वा निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरू पुन मनोनीत वा निर्वाचित हुन सक्नेछन्। तर नेपाल सरकारबाट मनोनीत सदस्यलाई नेपाल सरकारले उचित कारण देखाई सदस्यबाट हटाउन सक्नेछ ।
(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्य मनोनीत वा निर्वाचित हुनेछ ।